भन्सार कडाइको संघद्वारा स्वागत, नाकामा चनाखो रहन आग्रह

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले सरकारले १०० रुपैयाँ भन्दा बढीको सामानमा अनिवार्य राजस्व तिर्न पाउने व्यवस्थाबारे गरिएको कडाइको स्वागत गरेको छ ।
संघका अध्यक्ष टंकबहादुर धामी र महासचिव भीमबहादुर रानाभाटले आइतबार विज्ञप्ती जारी गर्दै संघले भन्सार क्षेत्रमा सुधारका लागि थप ७ बुँदे ध्यानाकर्षण गरेको छ ।
मुख्य नाका नजिकैै रहेका अनधिकृत नाकाहरु बन्द गरी अस्थायी सुरक्षा पोस्ट् स्थापना गर्नुपर्ने, भन्सार दरलाई व्यवहारिक बनाउनुपर्ने, भन्सार क्षेत्रमा अनियमितामा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्ने लगायतका रहेका छन् ।