अब २०६० रुपैयाँमा भरी ग्यास सिलिण्डर पाइने
नेपालगन्ज : सरकारले चार महिनापछि भरी सिलिन्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
नेपाल आयल निगमले बुधबारदेखि १४.२ किलोग्रामको ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय गरेको हो । उपभोक्ताले भरी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तिर्नुपर्नेछ । यद्यपी निगमले २९ फागुनबाट ७.१ किलो ग्रामको (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएकाले स्टकमा रहेको आधा ग्यास सिलिण्डरको बिक्री भने जारी रहनेछ ।









