आज हरितालिका तिज, बागेश्वरीमा दशनार्थीको घुँइचो

File photo

नेपालगन्ज : हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज आज सोमबार मनाउँदैछ । तिज पर्वमा विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । अघिल्लो दिन दर खाएर भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरिन्छ ।

महिलाले दिनभर व्रत बसेर आआफ्नो श्रीमान् तथा घरपरिवारको सुख समृद्धिको कामना गर्दछन् । परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन निराहार ब्रत बसेर मनोकामना पूरा भएको विश्वासका आधारमा अविवाहित नारीले राम्रो पति पाउन पनि व्रत बस्ने चलन छ ।

तिज पर्वको पर्सीपल्ट बुधबार ऋषि पञ्चमी रहेको छ । दर खाने दिनदेखि पञ्चमीसम्म नै तिजको नाचगान गरिन्छ । तिजको अवसरमा आज नेपालगन्जको शक्तिपीठ बागेश्वरी लगायत देशभरका शिवमन्दिरमा दशनार्थीको घुइँचो लागेको छ ।