एकीकृत समाज सञ्जालको दशैंलगायत चाडपर्व विशेष शुभकामना कार्यक्रम सम्पन्न

नेपालगन्ज : एकीकृत समाज सञ्जाल बाँकले दशैं लगायतका चाडपर्व विशेषको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

जिल्लामा संगठित रुपमा कार्यरत ३२ वटा समाज आबद्ध भएको सञ्जालले आइतबार नेपालगन्जमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

सञ्जालका अध्यक्ष माधवप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले आजदेखि सुरु भएको बडादशैं, तिहार, छठलगायतका पर्वको शुभकामना आदान प्रदान गरेका थिए ।
सोेही अवसरमा सञ्जालको आगामी कार्ययोजना बारे सुझाव संकलन पनि गरिएको थियो । सञ्जालका महासचिव राजाराम सुवेदीको जन्मदिन पनि मनाइएको थियो । कार्यक्रममा सञ्जाल बाँकेका पदाधिकारी, सल्लाहकार र जिल्ला स्वास्थ्य समन्वय उपसमिति परिवार तथा आर्थिक तथा कार्यक्रम उपसमिति परिवार गरी ५० जनाको उपस्थिति भएको थियो ।