कोरोनाको डर त्याग्दै रुपैडिया जानेको लर्को (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार

नेपालगन्ज : भारत सरकारले आइतबार नेपाल–भारत सीमा नाका बन्द गर्ने भएपछि शनिबार रुपैडियामा किनमेल गर्न जानेको ओइरो नै लाग्यो ।

जमुनाहामा नेपालले र रुपैडियामा भारतीय पक्षले कोरोना भाइरसको चेकजाँच गरे पनि सर्वसाधारणहरु सामानको भारी बोकेरै लाइनमा लागेका थिए । साढे दुई किलो टमाटरदेखि क्वीन्टलसम्मको भारी बोकेर सीमा क्षेत्रमा पैदल हिड्नेहरुको लर्को नै लागेको थियो ।