कोरोनाबाट भारतमा ११ हजार ९२१ मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट भारतमा ११ हजार नौ सय २१ जनाको मृत्यु भएको छ ।
विश्वभर कोरोना भाइरसको रेकर्ड अपडेट गर्ने अनलाइन वल्र्डोमिटर्स् डट इन्फोको बुधबार बिहान १०ः३० सम्म तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या भने तीन लाख ५४ हजार एक सय ६१ पुगेको छ । निको भएर घर जानेको संख्या भने एक लाख ८७ हजार पाँच सय ५२ रहेको छ । विश्वमा कोरोना बढी हुने देशको सूचीमा भारत चौथो स्थानमा छ । विश्वभर ८२ लाख ६४ हजार तीन सय ९९ जना कोरोना संक्रमित रहेकोमा ४ लाख ४६ हजार एक सय ३५ जनाको ज्यान गइसकेको छ । कोरोना निको हुने संख्या भने ४३ लाख २१ हजार चार सय ९५ जना छन् । जुन कूल संक्रमितको आधा भन्दा बढी हो ।