बाँकेमा १० जना संक्रमित निको भए

नेपालगन्ज : बाँकेमा शनिबार थप १० जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट खजुरा गाउँपालिकाका ९ र नेपालगन्ज उपमहानगरपालिका १ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना जितेर घर फर्कनेको संख्या २ सय ६० पुगेको छ । बाँकेमा अहिलेसम्म ३ सय ४१ जनामा संक्रमण हुँदा २ जनाको मृत्यु भएको छ ।