बाँकेको राप्तीसोनारीमा १५ साउनदेखि विद्यालय सन्चालनको तयारी

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकाले आगामी साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा आइतबार अगैयामा बसेको जनप्रतिनिधि, राजनीतिक दल, प्रधानाध्यापकलगायत सहभागी भएको बैठकले कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित कुनै विषम परिस्थिति नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।