ध्यान किन गर्ने ?
अमित संग्रौला
मन अति चञ्चल छ । एकछिन पनि नियन्त्रणमा छैन । हावा जस्तै बहन्छ । पानीभन्दा सुक्ष्म छ मन । कहिले मन भुतकालमा जान्छ भने कहिले भविष्यत्कालमा जान्छ । हाम्रो मनभित्र असंख्य विचारहरु आइरहेका हुन्छन् । कतिपय ती विचारहरुले गर्दा हाम्रो मनमा तनाव उत्पन्न गराउँछ ।
ध्यान भनेको सजकतापूर्वक श्वासमा हेर्ने विधि हो । सबै प्रयत्न्नहरु छोडेर आफैभित्र विश्राम गर्नु हो । आजको भागदौडको समयमा मान्छेहरु यति व्यस्त भए । आफैलाई नियाल्ने फुर्सद छैन । विभिन्न समय परिस्थितिमा मान्छेहरु तनावग्रस्त भएको देखिन्छ । शरीरलाई स्वास्थ, मनलाई शान्त र तनावबाट मुक्त बनाउने उत्तम उपाय भनेकै योग ध्यान हो । नियमित योगध्यानको अभ्यास गर्दा शारिरीक मानसिक विकासका साथै आध्यमिक ज्ञान प्राप्त हुन्छ । नियमित रुपमा योगध्यान गरेमा व्यक्तिको जीवनमा मन शान्त हुने तथा केही सकारात्मक परिर्वतन हुनथाल्छ र स्वास्थ्यमा पनि सुधार हुन्छ । हामीले लिने श्वासले शरीरमा उर्जा दिन्छ भने बाहिर जाने श्वासले विश्राम दिन्छ । हामी श्वासप्रति कति सजक छौं ? पक्कै पनि छैनौं । कुनै बेला त श्वास फेरेको पनि थाहै पाउदैनौं । छिटो–छिटो हिड्दा, भारी काम गर्दा, दैडिँदा मात्र हामीले श्वास फरेको अनुभव हुन्छ । हाम्रो जीवन श्वासमा अडिएको छ । हामीले जीवनमा चाहेका खुसी आनन्द, शान्त मनमा मात्र भेटाउन सक्छौ । एकैछिन मात्र श्वासप्रति सजक भएर हे¥यौं भने तुरुन्त हाम्रो मन शान्त हुन्छ । मन र श्वासमा प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ । मनमा परिर्वतन आउँदा श्वासमा पनि परिर्वतन आउँछ जस्तो रिस उठ्दा श्वासको गति छिटो–छिटो हुन्छ र तनावमा जाँदा श्वास छोटो अनि भारी हुन्छ । खुसी वा आनन्दमा रहँदा श्वास लामो र हलुका हुन्छ । मनले श्वासलाई परिर्वतन गरिरहेको छ भने के श्वासले मनले परिवर्तन गर्दैन् । श्वासको प्रकृयालाई नियन्त्रण गर्र्ने पद्धतिलाई प्राणायाम भनिन्छ । यसले इन्द्रीयलाई आफ्नो नियन्त्रणमा राख्न मद्दत गर्छ ।
व्यस्त जीवनशैली छ । खानपान आजको जीवनशैलीले गर्दा हामीभित्रको रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आइरहेको देखिन्छ । हामीले खुसी, आनन्द र शान्त मन चाहेका छौं । तनावरहित जीवनको खोजमा भौतारिएका हुन्छौं । त्यो बाहिर पाइने कुरा होइन । हामीभित्र नै छ । केही समय आफैभित्र नियालियौं भने अथाह शान्तिको अनुभन गर्नसक्छौ । चिन्ता, भय उदाससिता, डिप्रेसन, मनबाट उत्पन्न हुने रोगबाट बच्नको लागि ध्यान गर्न आवश्यक छ । हामी नुहाउँछौं । ब्रस गछौं । नाक कानबाट फोहर फाल्छौं । २० प्रतिशत मात्र शरीरबाट विकार जान्छ । हामीले विभिन्न विधिबाट शरीर सफाइको काम त गरिरहेका हुन्छौं । मनको सफाइका लागि के गर्ने ? हामी शरिरीक रोगभन्दा पनि मानसिक रोगबाट बढी पीडित भएका छौं । चिन्ता भय, उदासिनता, डिप्रेसन एन्जाइटी यी सबै मनबाट उत्पन्न हुनेगर्छ । ८ घन्टा सुत्दा जति उर्जा आउँछ बीस मिनेटको ध्यान गर्दा त्यति नै उर्जा आउँछ । ध्यान गर्दा सकारात्मक उर्जा आउने, शरीर स्फुर्त हुने, मनबाट उत्पन्न हुने पीडा कम हुने गर्छ । स्वास्थ शरीर शान्त मनको लागि ध्यान गर्न आवश्यक छ ।
ध्यान के हो ?
केही नगरिकन सजकतापूर्वक आफैभित्र विश्राम गर्नु हो । हाम्रो चित्तलाई केन्द्रित गरेर भाव अवस्थामा रहनु हो र त्यसमा जागृत रहनु नै ध्यान हो ।
समाधि के हो ?
ध्यान गरेपछि हामीलाई अनुभव हुन्छ कि केहि क्षण भावशून्य अवस्थामा हुन्छौं त्यो नै समाधि हो ।
ध्यानको स्वरुप
हाम्रो मनमा असंख्य कल्पना तथा विचार एकैसाथ चल्ने गर्छ । यसका कारण हाम्रो मन तथा मस्तिष्कमा अनेकौं विचार खेल्ने गर्छ । यस्ता कुरा हामी सोच्न पनि चाहँदैनौं । र, यहि ध्यानले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मल मनतर्फ लैजान्छ । ध्यान जति गहिरो हुदैँजान्छ, व्यति साक्षी भावमा स्थित हुन थाल्दछ । त्यसमा कुनै पनि भान, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पार्न दिँदैन । मन मस्तिष्क मौन हुनु नै ध्यानको प्रथामिक स्वरुप हो । विचार, कल्पना र अतितको सुख– दुखमा बाँच्नु ध्यानविरुद्ध हो । ध्यानमा इन्द्रियमनको साथ, मन बुद्धिको साथ आफ्नो स्वरुप आत्मामा लीन हुन थाल्दछ । जसले साक्षी भाव द्रष्टा बुझ्दैन, तिनीहरुले सुरुमा अभ्यास गर्दा आँखा बन्द गर्नुपर्छ । अभ्यास हुँदै गएपछि आँखा बन्द होस वा खुला, साधक आफ्नो स्वरुपमा जोडिएको रहन्छ । र आफ्नो साक्षी भावमा अन्त्यमा ऊ ध्यानमा बस्न सक्छ । (बिर्तामोड, झापा निवासी लेखक संग्रौला द आर्ट अफ लिभिङका स्वयंसेवक हुनुहुन्छ ।)