बाँकेमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : बाँके जिल्लामा बिहीबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोरोना प्रयोगशालामा १८, भेरी अस्पताल नेपालगन्जमा १२ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरको प्रयोगशालामा २ जनामा कोरोना पुष्टि भएको हो । जसमा २० पुरुष र १२ महिला रहेका छन् ।