२९ कुष्ठ रोगीलाई जुत्ता सहयोग

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी जुत्ता हस्तान्तरण गर्दै । फोटो सौजन्य : राकेश मिश्र

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाले २९ जना कुष्ठ रोगीलाई जुत्ता सहयोग गरेको छ ।
गाउँपालिका स्वास्थ्य शाखाले मंगलबार आयोजना गरेको कार्यक्रममा गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले जुत्ता वितरण गरेका हुन् । बिरामीलाई हिड्डुल तथा आवतजावतमा सहजताका लागि जुत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।