कम्युनिष्टले सधैं जनतालाई दुःख मात्रै दिएको छ : महत


शक्ति परियार । राजापुर
पूर्वपरराष्ट्र मन्त्री प्रकाशशरण महतले कम्युनिष्टले सधैं जनतालाई दुःख मात्रै दिएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं. २ ले मंगलबार बर्दियाको राजापुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री महतले कांग्रेसले गरेका कामहरु कम्युनिष्टले आफूले गरेको भन्दै जनतामा प्रचार गर्ने गरेको आरोप लगाए । ‘आफू पछिल्लो समयमा उर्जामन्त्री रहँदा संघीय सांसद तथा केन्द्रीय सदस्य किशोरसिंह राठौरले बर्दिया भौंराटप्पा क्षेत्रमा बिजुलीको समस्या धेरै रहेकाले सवस्टेशनको माग गर्नुभएकोमा सवस्टेशन ल्याएको हो’ पूर्वमन्त्री महतले भने । आफ्नो पालामा ल्याइएको सवस्टेशनको नामाकरण अरुको अनि उद्घाटन पनि अरुले नै गरेपछि जनतामा भ्रम फैलिएको उनको दाबी थियो ।