पत्रकार महासंघद्वारा कोरोना संक्रमित पत्रकारको उपचार गर्न विशेषज्ञ डाक्टरको व्यवस्था

संक्रमित पत्रकारका लागि विशेषज्ञ डाक्टरसहितको सेवाका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी र फिजिसियन डा.सुवास योगीबीच सम्झौता पत्र हस्तान्तरण 

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संंक्रमित पत्रकारको उपचारका लागि विशेषज्ञ डाक्टरको व्यवस्था गरेको छ ।
महासंघ अध्यक्ष दामोदर भण्डारी र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत फिजिसियन तथा फोक्सो रोग विशेषज्ञ डा. सुवास योगीबीच सोमबार स्वास्थ्य परामर्शदाता सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डा. योगीले होम आइसोलेसनमा बसेका पत्रकारको घरमै पुगेर स्वास्थ्य उपचार गर्नेछन् । ‘कोही पत्रकारलाई कोरोना लागेर बिरामी भएमा महासंघद्वारा डा.योगीलाई साथमा लिएर घरमै गइ स्वास्थ्य चेकजाँच गराइनेछ’, सम्झौता पत्रमा भनिएको छ, ‘डा.योगीले औषधि उपचार तथा विभिन्न जाँचहरु गराउनु हुने र गम्भीर स्वास्थ्य अवस्था देखिए अस्पतालमा भर्नाका लागि रिफर गर्नुहुनेछ ।’