मुस्लिमका घरघरमा रमजानको रौनकता (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार

नेपालगन्ज : इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व रमजान शनिबारदेखि सुरु भएको छ ।
एक महिनासम्म उपवास अर्थात ‘रोजा’ बसेर धुमधामका साथ मनाईने यो पर्व यस वर्ष पहिलो पटक कोरोना भाइरसका कारण मस्जिद नगएर घरभित्रै मनाउन थालिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण मुलुक लकडाउन भएपछि नेपालगन्जका विभिन्न मस्जिदहरु रमजानको समयमा समेत सुनसान छन् ।


मुस्लिम समुदायको प्रमुख पर्व मानिने रमजानमा अन्य समयमा दिनमा ५ पटक सामूहिक रुपमा भेला भएर नमाज पढ्ने गरे पनि यतिबेला भने मस्जिदमा ताला लगाइएको छ । कोरोना फैलिन नदिनको लागि सावधानी अपनाउँदै रोजाको समयमा सामूहिक नमाज पढ्न रोक लगाउनुका साथै इफ्तारी पाटी र रोजाको पाटीसमेत नगर्न अनुरोध गरिएको जामा मस्जिद नेपालगन्जका मुफ्ती काफुलवरा मिसबाहीले बताए ।


इस्लाम धर्मगुरु अब्दुल जब्बार मन्जरीले कोरोनाका कारण जारी लकडाउन सम्बन्धी सरकारको आदेशको पालना गर्दै आफू, परिवार र समुदायलाई बचाउनको लागि घरमै रमजान पर्व मनाउन सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह गरे । रमजानको दोस्रो दिन आइतबार नेपालगन्जका विभिन्न स्थानमा मुस्लिम समुदायले घरमै यसरी हर्षोल्लासपूर्ण रुपमा रमजान मनाएका छन् :