कोरोनाबाट विदेशमा रहेका ४९ नेपालीको मृत्यु (सूचीसहित)

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट नेपालका कूल संक्रमितको हाराहारीमा विदेशमा रहेका नेपालीको मृत्यु भएको छ । संक्रमितको संख्या भने नेपालभन्दा सयौं गुणा धेरै छ ।

नेपालमा सोमबार बिहानसम्म ५२ जना मात्र संक्रमित भए पनि मृत्यु शून्य छ । जबकी विश्वका आधा दर्जनभन्दा बढी देशमा रहेका ४९ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार सबैभन्दा बढी ३३ नेपालीको मृत्यु बेलायतमा भएको छ । त्यसपछि अमेरिकामा १० जना, संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना, जापान, आयरल्याण्ड, टर्की र नेदरल्याण्डमा एक एक जना नेपालीको मृत्यु भएको सोमबारको अन्नपूर्ण पोस्ट््ले खबर प्रकाशित भएको छ ।
विश्वभर रहेका एक हजार नौै सय ८२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढी संक्रमित भने अमेरिकामा एक हजार जना, बेलायतमा सात सय, यूएईमा ८१, बहराइनमा ४९, कुवेतमा ४२, पोर्चुगलमा २७, आयरल्याण्ड २२, स्पेनमा १२, अस्टे«लियामा ११, स्वीजरल्याण्डमा ५, बेल्जियममा ६, साउदी अरबमा ४, जर्मनीमा ४ जना संक्रमित भएको संघले जनाएको छ ।
मलेसिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रसमा तीन तीन जना, जापान, हङकङ, माल्टा दुई दुई जना र फ्रान्समा एक जना नेपाली संक्रमित देखिएको संघका स्वास्थ्य समिति संयोजक डा.सन्जीव सापकोटाले अन्नपूर्णलाई बताएका छन् ।