विपन्नबाट मुठ्ठीदान गरी अति विपन्नलाई राहत वितरण

फोटो : बजारु थारु

नेपालगन्ज : लकडाउनबाट अति विपन्न परिवार समस्यामा परेको भन्दै बर्दियाको बढैयाताल गाउँपालिकामा विपन्नले मुठ्ठीदानबाट राहात संकलन गरेर वितरण गरेका छन् ।
बढैयाताल ९ सेवानगर र प्रगतीटोलका विपन्न वर्गका नागरिकले मुठ्ठीदान गरी २ सय ३२ के.जी चामल र १९ के.जी गहुँ अतिविपन्न गरिबहरूको लागि संकलन गरेको सेवानगरका बडघर छित्रु थारुले बताए ।
संकलित राहत बढैयाताल ९ का वडा अध्यक्ष कान्छु थारू र वडा स्तरीय राहत संकलन टोलीमार्फत हस्तान्त्रण गरिएको थियो ।
उनले भने, ‘कोरोनाका कारण देश नै संकटमा परेको बेला हामीले पनि आ–आफ्नो गच्छे अनुसार चामल र गहुँ संकलन गरी हामीभन्दा गरिव परिवारलाई केही छाक भएपनी पुगोस भनेर सहयोग गरेका हौं ।’
सेवानगरका एक सय ९० जनाले मुठ्ठीदानबाट दुई सय सात किलो चामल र प्रगती टोलबाट ४४ जनाले मुठ्ठीदानबाट २५ किलो चामल र १९ किलो गहुँ संकलन गरेका थिए । वडाअध्यक्ष कान्छु थारुले संकटको समयमा यसरी दुःखी गरिबहरूको लागि मानवीय भावनाले गरेको सहयोगको जति प्रशंशा गरे पनि नपुग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *