पानसद्वारा सांसद नमूनाको कोभिड-१९ कोषमा एक लाख ६७ हजार रुपैयाँको खाद्यान्न सहयोग

फोटो सौजन्य : सूर्यप्रकाश घर्ती मगर

नेपालगन्ज : पानस फार्मास्युटिकल्स प्रा.लि.ले लकडाउन पीडितहरुका लागि एक लाख ६७ हजार चार सय ५० रुपैयाँको खाद्यान्न सहयोग गरेको छ ।
बाँकेका प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’को संयोजकत्वमा गठित कोभिड १९ रिलिफ फण्डमा पानसका सन्चालक डा.रमेशकुमार श्रेष्ठ चामल (सोनामन्सुली) २५ क्वीन्टल, दाल (अलहर) २१० किलो र २० पेटी तेल (सङगम) संयोजक सांसद नमूनालगायतको टिमलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा रिलिफ फन्ड परिचालन समितिका सदस्यहरु नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, सन्जय थापा, धनराम ओली, विजया धिताल ,सूर्यप्रकाश घर्तीलगायतको उपस्थिति रहेको थियो ।