बाँकेमा ७ सय ४१ जनाको कोरोना परीक्षण नेगेटिभ

नेपालगन्ज: बाँकेमा हालसम्म ७ सय ४१ जनाको नमुना परिक्षण गर्दा सबैको रिपोटमा कोरोना नेगेटिभ देखिएको छ । जिल्लामा कुल ७ सय ५७ जनाको कोरोना जाँचका लागि नमूना संकलन गरिएकोमा ७ सय ४१ जनाको नतिजा नेगेटिभ आएको छ भने १६ जनाको रिपोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
परिक्षण गरिएका नमूना मध्य आरटी पिसिआर विधिबाट १ सय ६७ जनाको नमूना नमूना संकलन गरिएकोमा १ सय ५१ जनाको नेगेटीभ आएको छ । अन्य १६ जनाको भने रिपोट आउन बाँकी रहको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । त्यस्तै ¥यापिड डायग्नोष्टिक टेष्ट किटबाट परीक्षण गर्दा ५ सय ९० जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाई छ । बुधबार ३० जनाको आरडिटी जाँच गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको छ । त्यस्तै ११ जनाको पिसिआर विधिबाट परीक्षण गरीएकोमा ति नमुनाको रिपोर्ट आउन भने बाँकी रहेको स्वास्थ्य कार्यालयले बाँकेले जनाएको छ ।