नेपालगन्जमा महिला स्वास्थ्य स्वयंसेविकापछि १७३ छात्रालाई साइकल सहयोग

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई साइकल सहयोग गरेको छ ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत नेपालगन्जको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयका एक सय ७३ जना छात्राहरुलाई मङ्गलबार नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षाविद किरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्तीलगायतले साइकल हस्तान्तरण गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिकाले यसअघि एक ६८ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई पनि साइकल सहयोग गरेको नगर उपप्रमुख थापा मगरले जानकारी दिइन् ।