कोभिड संक्रमित बर्दियाका २३ बर्षिय युवाको मृत्य

नेपालगन्ज : कोरोना संक्रमित बर्दियाको ठाकुरबाबाका एक युवाको मृत्यु भएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका ठाकुरबाबा नगरपालिका ५ बर्दियाका २३ बर्षिय युवाको आज विहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि मंगलबार उनको बागेश्वरी ल्याबमा पिसिआर परिक्षण गरिएको थियो । रिपोट पोजेटिभ आएपछि उनलाई हिजो भेरी अस्पताल भर्ना गरी उपचार थालिएकोमा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।