लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र मन्त्रीद्वारा सपथ

नेपालगन्ज : लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुलप्रसाद केसी नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो मुख्यमन्त्रीमा केसीलाई नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री केसीसहित अन्य ६ जना मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेसबाट डिल्ली चौधरी शहरी विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् । जनता समाजवादी संसदीय दलका नेता सहसराम यादव भौतिक पूर्वाकार विकास मन्त्री बनेका छन् । स्वतन्त्र समूहका अजय शाही, जसपाका सुमन शर्मा रायमाझी र पुर्मती ढेगाले विनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएका छन् । आर्थिक मामिला, सामाजिक, स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था मन्त्रालय अझै खाली रहेका छन् । चार दलका ४२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका केसीले संविधानको धारा १६८ को २ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *