भन्सार छलेका चाँदीका १५ बालासहित एक पक्राउ

 

नेपालगन्ज : भन्सार छलेर ल्याएका १५ वटा बालासहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज १५ जमुनाहाबाट बुधबार मुगुका २८ वर्षका कर्माठिले तामाङले भन्सार चोरी पैठारी गरी ल्याएको ६४ हजार ८६ रुपैयाँ बराबरको चाँदीको बाला १५ थान अन्दाजी बरामद गरेको हो । प्रहरीले कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्ज पठाएको जनाएको छ ।