६ ग्राम ब्राउन सुगरसहित १ महिला पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले ठूलो परिणाममा लागूऔषधसहित एक जना महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार नेपालगन्ज ४ बसपार्क सडक खण्डमा शंकास्पद लागेर हुम्ला नाम्खा गाउँपालिका वडा नं. १ की वर्ष ३९ कि खण्डु तामाङलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको सुरुवालको दाँया तर्फको खल्तीमा सेतो प्लाष्टिकभित्र ६ ग्राम ब्राउन सुगर बरामद गरिएको हो । प्रहरीले उनले भिरेको भन्टा कलरको झोलामा ५ वटा बट्टाभित्र लागूऔषध नाइट्राजेपाम एक हजार पाँच सय १५ ट्याव्लेट पनि बरामद गरेको जनाएको छ । प्रहरीले लामाविरुद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ ।