कोरोनाबाट भेरी अस्पतालमा ३ संक्रमितको मृत्यु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा उपचार गराइरहेकामध्ये मंगलबार थप तीन जना महिलाको मृत्यु भएको छ । मृत्यु भएका तीन जना नै बाँकेभन्दा बाहिरी जिल्लाका हुन् ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार कैलालीको भजनी-६ की ५२ वर्षीया महिला, मधुवन नगरपालिका-४ बर्दियाकी ७० वर्षीया महिला र ठाकुरबाबा नगरपालिका-३ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै बाँकेका अस्पतालमा कोरोनाको उपचार गराइरहेका बाहिरी जिल्लाका संक्रमितको कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९६ जना पुगेको छ ।