भेरी अस्पतालका सुत्केरीलाई मुस्लिम युवाको सहयोग

नेपालगन्ज : मोहरर्मको अवसरमा नेपालगन्जका मुस्लिम युवाले सुत्केरीलाई सहयोग गरेका छन् ।
भेरी अस्पताल नेपालगन्जमा रहेका झन्डै एक सय जना सुत्केरीलाई मंगलबार फलफूल, पानी र बिस्कुट वितरण गरिएको आसिफ अन्सारीले बताए । मुस्लिम युवाहरु समीर अली बेहना, अजहर सिद्दीकी, साहिल अन्सारी , इब्रार खान लगायतले अस्पताल पुगेर सहयोग सामग्री हस्तान्तरण गरेका थिए । भेरी अस्पताल विकास समितिका कृष्णप्रसाद श्रेष्ठले युवाहरूको कार्यको प्रसंशा गरेका थिए ।