तेस्रो लिङ्गीलाई पहिचानसहितको नागरिकता दिन बाँकेमा मेडिकल रिपोर्टको शर्त

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले तेस्रो लिङ्गीलाई पहिचानसहितको नागरिकता र दिन मेडिकल रिपोर्ट दिनुपर्ने शर्त राखेको छ ।
तेस्रो लिङ्गीको हक अधिकारको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था पश्चिम तारासँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार नेपालगन्जमा आयोजित अल्पसंख्यकसँग प्रहरी विषयक छलफल कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अदालतको आदेश र परमादेशले मात्र नागरिकता नपाइने जिकिर गर्दैै आफू तेस्रो लिङ्गी भएको प्रमाण पुग्ने मेडिकल रिपोर्ट दिए उपलब्ध गराउन सक्ने बताए ।

कार्यक्रममा बाँकेका प्रहरी प्रमुख सुवास चन्द्र बोहोराले लैङ्गि हिंसाबिरुद्धका हरेक काममा प्रहरीकोे सधैं साथ र सहयोग हने प्रतिबद्धता जनाए । कार्यक्रममा लैङ्गि अल्पसंख्यकहरुले भोगिरहेकोबारे जानकारी गराएका थिए ।