लायन्स क्लब इनोभेटिभ र युनिटीद्वारा बागेश्वरी मन्दिर परिसर सफाइ
नेपालगन्ज : लायन्सकर्मीहरुले नेपालगन्जको शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा सरसफाइ गरेका छन् ।
१४६औं मेल्भिन जोन्स सप्ताह व्यापी कार्यक्रमको पहिलो दिन मंगलबार लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ, लायन्स क्लब अफ नेपालगन्ज युनिटी र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभले संयुक्त रुपमा बागेश्वरी मन्दिर परिसर सफाइ गरेका हुन् । पूर्व डिष्ट्रिक गर्भनर मधुसुधन शर्मा र शेम शाक्यले सफाइ कार्यक्रमको संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व गर्भनर मधुसुधन शर्माले लायन्स क्लबका संंस्थापन मेल्भिन जोन्सकोे जन्मोत्सवको अवसरमा देशैभरी एकसाथ सेवाका कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले लायन्सकर्मीले सेवाका क्षेत्रमा हातेमालो गरेर काम गर्न पनि आग्रह गरे ।
लायन्स क्लब अफ नेपालगन्ज युनिटीका अध्यक्ष वसन्ती रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका निवर्तमान गर्भनर मुकुट ढकाल, निवर्तमान सेक्रेटरी उमा थापा मगर, १४६औं मेल्भिन जोन्स सेवा सप्ताहका संयोजक सुष्मा महर्जन, सहसंयोजक विष्णु श्रेष्ठ, डा.विनोद कर्णलगायत सिनियर लायन्स र लियोकर्मीहरुको सहभागिता रहेको थियो ।
बाँके र बर्दियाका लायन्स क्लबहरुले मंगलबार विभिन्न सेवा कार्यक्रमहरु गरेका थिए ।