कान्तिपुर सिटी कलेजको स्नातकोत्तर तहमा भर्चुअल कक्षा

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण भएको लकडाउनको बेलामा कान्तिपुर सिटी कलेज काठमाडौंले विभिन्न संकायमा भर्चुअल कक्षा सुरु गरेको छ ।
कलेजका क्याम्पस प्रमुख राजु कट्टेलका अनुसार मास्टर्स अफ कम्प्युटर एप्लिकेसन (एमसीए) पहिलो र तेस्रो सेमेस्टर, मास्टर अफ आर्टस् इन मास कम्युनिकेसन एन्ड जर्नालिज्म (एमएएमसीजे) पहिलो र तेस्रो समेस्टर तथा पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन (पीजीडीसीए) पहिलो सेमेस्टरको कक्षा अनलाइनबाट सुरु गरिएको हो । क्याम्पस प्रमुख कट्टेल भन्छन्, ‘शिक्षक र विद्यार्थी दुबैले भर्चुअल कक्षा कोठाको नयाँ अनुभव गरिरहेका छन्,।’