डुडुवा-५ मा नयाँ मतदान केन्द्रको माग

रमेशकुमार यादव । नानापुर
बाँकेको डुडुवा गाउपालिकाको वडा न ५ मा नयाँ मतदान केन्द्र निर्वाचन आयोगसँग माग गरेको छ ।
नव दुर्गा युवा क्लबको पहलमा वडाध्यक्ष झंकबहादुर थापाको अध्यक्षतामा सोमबार डाकिएको सर्वदलीय बैठकले नयाँ मतदान केन्द्र बनाउन जिल्ला निर्वाचन कार्यालय बाँकेलाई सिफारिस गरेको हो । वडाध्यक्ष थापाका अनुसार आठ वटा टोल मिलाएर एक मतदान केन्द्र बनाउन माग गरिएको हो । वडाको छग्रहवा, लिवाङटोल, खटकनपुर, लडियाघाट, नानापुर, शिवराजपुर, बौउन बगैंचालगायताको गाउँलाई समावेश गरेर मतदान केन्द्र स्थापना गर्न सुझाव दिइएको छ ।