क्रिसमस डे विश्वभर मनाइयो

नेपालगन्ज : इसाइ धर्मालम्वीहरुको महान पर्व क्रिसमस विश्वभर मनाइएको छ । पछिल्लो समय क्रिसमस अन्य धर्म सम्प्रदायका व्यक्तिले पनि उत्तिकै उल्लासका साथ मनाउन थालिसकेका छन् । अन्य धर्म वा सम्प्रदायका युवा युवती र बालबालिकाले क्रिसमस ट्रीमा फोटो खिच्ने, क्रिसमस टोपी र सेन्टा क्लजको पोशाक फेसनको रुपमा लगाउने गरेको पाइन्छ । नेपालसहित विश्वभर नै होटल, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था र कार्यालय परिसरमा पनि क्रिसमस ट्री पनि राख्ने चलन सुरु भएको छ ।

येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा क्रिश्चियन क्रिसमसलाई मनाउने गर्छन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । ‘ख्रीष्टमस’ पनि भनिने यो पर्वमा इसाइहरुले भने चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदान(प्रदान गरिन्छ । क्रिसमसको अवसरमा नेपाल सरकारले आइतबार सार्वजनिक विदा दिएको थियो ।