महासंघ बाँके शाखाद्वारा १३ पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अलिको नाममा स्थापना गरिएको लियाकत अलि पत्रकार पुरस्कार ग्रहण गर्दै पत्रकार प्रेम केसी । फोटो सौजन्य : भीष्म लोध

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले १३ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औं साधारणसभामा प्रेम केसीलाई लियाकत अलि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार रेजिना मल्ल, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार कमल खत्री र यादव आचार्यलाई संयुक्त रुपमा, रामकली राम आधार पत्रकारिता पुरस्कार आलम खान र यदुराज मिश्रलाई संयुक्त रुपमा, बेलमति स्वास्थ्य पत्रकारिता पुरस्कार प्रेम विक र नन्दलाल साहुलाई संयुक्त रुपमा, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार विनोद गौतम स्वास्थ्य पेज डटकम, मिशन टुडे दैनिक, जी नेपाल एचडी टेलिभिजन, क्रियाशील पत्रकारिता पुरस्कार विवेक रेग्मी र सुविता थारुलाई प्रदान गरिएको थियो । यी सबै पुरस्कारको राशी जनही पाँच पाँच हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी १० हजार राशाीको सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार टेलिभिजन पत्रकार कृष्ण खनाललाई प्रदान गरिएको छ ।
कोभिडको बेलामा पत्रकारको निःशुल्क स्वास्थ्य परामर्श र चेकजाँच गर्ने फिजिसियन डा.सुवाभ योगीलाई पनि सम्मान गरिएको थियो । महासंघ पुरस्कारको दाता सुशीला गौतम (सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार), माधवराम वर्र्मा, (रामकली राम आधार पत्रकारिता पुरस्कार), जीवन शर्मा (बेलमति स्वास्थ्य पत्रकारिता पुरस्कार), डा.कौशल वर्मा (चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार), गोपाल वैरागी ( माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार) र नेपाल नेत्रज्योति संघ ( आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार)लाई पनि सम्मान गरिएको थियोे । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाईले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।