राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई


नेपालगन्ज :  यू १५ विद्यालय स्तरीय राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गण्डकी प्रदेश राजधानी पोखरामा बिहीबार फाइनल सम्पन्न खेलमा लुम्बिनी प्रदेशले बुद्धिचाल खेल पुरुषतर्फ प्रथम र महिलातर्फ दोश्रो स्थान हासिल गरी समग्रतामा राष्ट्रिय च्याम्पियन बन्न सफल भएको लुम्बिनी प्रदेश बुद्धिचाल संघका अध्यक्ष धनराम ओलीले बताए ।
लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जितसहित १४ अंक जोड्दै स्वर्ण पदक हात पारेको हो ।स्वर्ण पदक विजेता खेलाडीलाई लुम्बिनी प्रदेश बुद्धिचाल संघका अध्यक्ष धनराम ओलीले फेसबुकमा बधाइ दिएका छन् । अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘राखेपको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको यू १५ राष्ट्रिय बुद्धिचाल प्रतियोगीतामा सहभागी भइ उत्कृष्ट खेलको प्रदर्शन गर्ने सम्पूर्ण खेलाडीहरूमा हार्दिक बधाई ।’