दोस्रो योगिनी गोल्ड कप फुटबल भोलिदेखि
समाचार सारांश
- दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ र ब्रदर्श एफसी क्लबबीच प्रतिस्पर्धा
- प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता
गौघाट (बाँके) : बाँकेको खजुरामा दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी मावि गौघाटको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ र ब्रदर्श एफसी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ ।
चैत २९ गते सम्म संचालन हुने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक गणेश राईले जानकारी दिनुभयो ।








