विश्वभर १ करोड जनामा कोरोना संक्रमण !
विश्वको कोरोना संक्रमितको एक चौथाइ हिस्सा अमेरिकामा छ, जहाँ संक्रमितको संख्या २५ लाख छ
नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) को विश्वभर संक्रमितको संख्या एक करोड पुगेको छ ।
विश्वभर कोरोना रेकर्ड अपडेट गर्ने वल्र्डोमिटर्स् डट इन्फोको शनिबार मध्य राति १२:२० मा कोरोना संक्रमितको संख्या एक करोड पाँच सय ५९ पुगेको हो । कोरोनाबाट विश्वमा ४ लाख ९८ हजार नौ सय ३३ जनाको ज्यान गएको छ ।
विश्वभरको कोरोना संक्रमितको एक चौथाइ हिस्सा भने अमेरिकामा छ । अमेरिकामा कोरोना संक्रमितको संंख्या २५ लाख ७८ हजार १५ जना रहेको छ । कोरोनाबाट मृत्यु भने एक लाख २७ हजार नौ सय ५२ पुगेको छ । विश्वभर कोरोना निको भएर घर फर्कने संख्या भने ५४ लाख १४ हजार ६ सय ७४ रहेको छ ।