कोरोनाका कारण विश्वमा ४.७२ प्रतिशतको मृत्यु, ५६ प्रतिशत निको

नेपालगन्ज : विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको तुलनामा निको हुनेको संख्या बढ्दै गएको छ । कुल संक्रमित १ करोड ११ लाख ८१ हजार ५ सय ४८ पुग्दा संक्रमितको ५६ प्रतिशत अथार्त ६२ लाख ६७ हजार ६३१ जना निको भएर फर्किसकेका छन । कोरोना भाईरस सम्बन्धी सूचना अध्यावधिक गरिरहेको वोल्डोमिटर्स डट ईन्फोका अनुसार हालसम्म कुल संक्रमित मध्य पाँच लाख २८ हजार ३६७ जनाको मृत्यु भएको छ । यो कुल संक्रमित संख्याको ४.७२ प्रतिशत हो ।
त्यस्तै संक्रमितमध्ये ४३ लाख ८५ हजारभन्दा धेरै व्यक्तिको उपचार भैरहेको छ । त्यसमध्ये ४३ लाख २६ हजार ७०९ अर्थात ९९ प्रतिशत कोरोना संक्रमितको अवस्था सामान्य छ भने ५८ हजार ८ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्र्डवोमिटर्सले जनाएको छ । यो कुल संक्रमितको १ प्रतिशत हो ।