५ डाक्टर र २ इन्जिनियरलाई कोरोना !

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा केही दिनभित्र गरिएका परीक्षणमा ५ जना डाक्टर र २ जना इन्जिनियरलाई कोरोना संक्रमण भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत ३ जना विशेषज्ञ डाक्टर र राँझा स्थित नेपाली सेनाको श्री सैनिक अस्पतालमा कार्यरत पुरुष डाक्टरलाई पनि कोरोना भएको छ । उनीहरु सबै आइसोलेसनमा छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामै गरिएको परीक्षणमा कैलालीका अर्का एक जना डाक्टरलाई पनि केही दिन अघि कोरोना पुष्टि भएको थियो ।
त्यसैगरी नेपालगन्ज र कोहलपुरका एक–एक जना इन्जिनियरलाई पनि कोरोना संक्रमण भएको छ । नेपालगन्जका इन्जिनियर नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत छन् । अर्का संक्रमित कोहलपुर–५ का हुन् ।