आइतवार, फाल्गुन २३, २०७७ / Sunday 7th March 2021

खजुरामा २२ माघदेखि योगिनी कप भलिबल

योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगितामा सह–प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरिँदै । फोटो सौजन्य : विक्रम विसी

नेपालगन्ज : बाँकेको खजुरामा आगामी माघको २२–२४ सम्म योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
योगिनी युवा क्लब र रंगशाला नेपाल मिडिया प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरी प्रालिले सह–प्रायोजन गर्ने भएको छ । क्लबका अध्यक्ष तरिन्द्र थापा र न्यू एभरेष्ट डिस्लरी प्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठबीच आइतबार नेपालगन्जमा सह–प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भयो ।
प्रतिभावान खेलाडी उत्पादन गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्न भलिबल प्रतियोगिता आयोजना गर्न लागेको रंगशाला नेपाल मिडिया प्रालिका अध्यक्ष कमल खत्रीले बताए ।
खजुरा गाउँपालिका–२ गौघाटमा आयोजना गरिने प्रतियोगितामा स्थानीय १२ क्लबले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले २१ हजार, मेडल ट्रफी र शिल्ड तथा उपविजेताले १० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *