चिसोका कारण ३ दिन नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज : केही दिनदेखि अत्याधिक चिसो बढेसँगै नेपालगन्ज उपमहानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू तीन दिनका लागि बन्द भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार चिसोका कारण सोमबारदेखि माघ २१ गते बुधबारसम्म उपमहानगरभित्रका सामुदायिक, संस्थागत र धार्मिक सम्पूर्ण विद्यालय बन्द गर्न परिपत्र गरेको हो ।
मौसम अनुकुल भइ घाम लागेको खण्डमा २२ गते विद्यालय सञ्चालन हुने र घाम नलागेको खण्डमा २३ गते शुक्रबारसम्म विद्यालय बन्द रहने नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागको नेपालगन्जस्थित हावापानी फिल्ड कार्यालय प्रमुख पलबहादुर विकका अनुसार यो वर्ष १७ पुसमा यो वर्ष सर्वाधिक कम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता तापक्रम बढ्दो क्रममा नै थियो । माघको पहिलो साता यता फेरि दिनभर हुस्सु कुहिरो लागेर विमान नै नचल्ने अवस्थामा पुगेको छ । १६ माघमा न्यूनतम् तापक्रम ३.३ डिग्री सेल्सियस पुगेको थियो । आइतबार भने ५ डिग्री सेल्सियस न्यूनतम् तापक्रम रहेको छ ।