डिफेन्डिङ च्याम्पियन नेपाल पुलिसको लगातार दोस्रो जित

नेपाल पुलिस क्लबका खेलाडीले न्यू डायमण्ड एकेडेमीसँग प्रतिष्पर्धा गरेको शुक्रबारको खेल । फोटो : मेरो खुसी

नेपालगन्ज :  प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दुई खेलमा जित हासिल गरेको छ ।
नेपालगन्ज रंगशाला परिसरको कबर्ड हलमा २ दिनदेखि जारी प्रतियोगितमा पुलिस क्लबले शुक्रबार न्यू डायमण्ड क्लबलाई ३–२ को सेटमा र शनिबार लुम्बिनी प्रदेशलाई सोझो ३ सेट (२५–८, २५–१२ र २५–१४) ले पराजित गरेको हो । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा पुलिस क्लबमा डिफेन्डिङ च्याम्पियन पनि हो । त्यसैगरी शुक्रबारको दोस्रो खेल त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो । शनिबारको पहिलो खेलमा एपीएफ क्लबले आमीलाई ३–१ को सेटमा पराजित गरेको थियो