स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना !

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा आइतबार १० जनामा कोरोना पुष्टि भयो । तीमध्ये एक जना बाँकेका ३९ वर्षिय पुरुष थिए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेमा संक्रमित कोरानाबिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर स्वाब संकलनमा खटेका स्वास्थ्यकर्मी रहेको बताए । उनी स्थानीय तहको स्वास्थ्य शाखामा खटेका ती स्वास्थ्यकर्मी प्रयोगशालामा काम गर्दै आएको र कोरोना परीक्षणको लागि स्वाब संकलनमा खटेका थिए । भेरी अस्पताल नेपालगन्जमा आइतबार गरिएको स्वाब परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । ती मध्ये बाँके १ जना, सल्यानमा २, दाङ्गका ३ र रोल्पाका ४ जनामा कोरोना पुष्टि भएको हो ।