भेरी अस्पतालको कोरोना वार्डमा मैले जे देखेँ…
दमनध्वज क्षेत्री
कोरोना विश्व महामारीमा नेपालको बाँके सर्वाधिक प्रभावित जिल्लामा पर्छ । म पनि भर्खरै कोरोना पोजेटिभ भएर १४ दिन होम आइसोलेसनमा बसेर निको भइ आफ्नो दैनिक काममा फर्केको छु । मलाई निको भए पनि मनमा अनेक किसिमका भावनाहरु खेल्ने, मनोवल उच्च बनाउन गाह्रो भइरहेको र रातमा निन्द्रासमेत नलाग्ने समस्या छ । सामाजिक सञ्जाल हेर्न मन लाग्छ । हेर्याे, कोरोना भाइरसकै समाचारहरु हुन्छ । मनमा कता कता डरको भाव पैदा हुन्छ । मलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो । तर दुबै पटक जटिल स्वास्थ्य समस्या भएन । होम आइसोलेसनमा बसेर मैले कोरोनालाई परास्त गरें । आफू समेत संक्रमित भएपछि कोरोनाबारे मैले सुनाइ र भोगाइ बीचको धेरै फरक पाए । भेरी अस्पतालका विषयमा सञ्चार माध्याममा अनेक किसिमका समाचार पढेको थिए । कोरोना पोजिटिभबाट नेगेटिभ भएको ब्यक्ति (तीन महिनासम्म केहि हुदै भन्ने सुनेको आधारमा) भएकोले मनमा भेरी अस्पतालभित्र गएर बिरामीको अवस्था कस्तो रहेछ भनी हेर्न मन लागेर ३० वैशाख २०७८ साँझ कोभिड वार्डमा गएको थिए । जहाँ मैले बिरामीको अवस्था, बिरामीले पाइरहेको सुविधा तथा कठिनाइ, यस्तो अवस्थामा अस्पताल प्रशासनले गरेको ब्यवस्थापन आदिलाई नजिकबाट हर्ने र बुझ्ने मौका पाए । मैले अवलोकनपछि हिजोभन्दा आज मेरो मनोबल बढेको महसुस गरेको छु (कारणहरु अनेक हुन सक्छन) । म गैरस्वास्थ्यकर्मी भएकाले संक्रमितलाई सहयोग÷योगदान त गर्न सकेन । मेरो भ्रमण/घुमाइबाट यत्तिसम्म गरेको/भएको भए अझै ब्यवस्थित, सहज र सरल हुने थियो कि ? भन्ने कुरा मनमा आएकोले बिरामी, कुरुवा÷आफन्त, अस्पताल प्रशासनका लागि लाभदायक हुन्छ भन्ने ठानेर सम्बन्धित सबै निकायको ध्यानाकर्षण गर्न चाहन्छु :
– रिक्सा, मोटरबाइक, एम्वुलेन्स, साइकल आदिबाट ल्याइएका बिरामीहरुलाई उक्त साधनबाट झार्ने/ओराल्ने र वेडमा विश्राम गराउने (वेड नभएका कुर्चिसम्ममा) राखी उनीहरुको प्राथमिक स्वास्थ्य जाँच (रिफर भएर आएको भए उक्त कागजलाई हेरी फाइल गर्ने, अक्सिजनको लेभल नाप्ने, ज्वरो नाप्ने, औषधी सेवन गरेको भए कुन औषधीको सेवन गर्नु भएको छ सोधपुछ गरी सोको रेकर्ड राखी इमरजेन्सीसम्म लगेर डाक्टरलाई देखाउने टिमको ब्यवस्था गरिदिनु पर्ने । (कारण : वेड छैन भनी आएको धेरै समयसम्म बिरामी एम्वुलेन्समा राखिएको, डा.ले बिरामी नै हेर्न नआएको भनी गुनासो गर्ने गरेको, बिरामीलाई कता लैजाने भनी बिरामीका आफन्तहरु अलमलमा परी आत्तिएको हेर्न आउने सबै अस्पतालकै मान्छे हुन् कि भनेर कुरा राख्ने गरेको देखियो ।)
– इमरजेन्सीबाट डा.ले बिरामीलाई हेरिसकेपछि बिरामीको अवस्था, चेकजाँच गर्नुपर्ने भए सो समेत गर्न लगाएर बिरामीको अवस्था अनुसार भर्ना गर्नुपर्ने भए गर्नुपर्ने । यसरी भर्ना हुने बिरामी कोभिड पोजिटिभको मात्र बिरामी नभइ अन्य रोगको औषधी समेत निरन्तर सेवन गरिरहेको हुनसक्ने हुँदा बिरामीको सम्पूर्ण कुरा सोधपुछ गरी प्रोफाइल तयार गर्नुपर्ने । यसरी तयार पारिएको प्रोफाइलमा कन्सल्ट गर्नुपर्ने डाक्टरहरुको समेत नाम उल्लेख गर्नुपर्ने । (बिरामीको अवस्था सामान्य रहेको बाहिरी हल्ला तथा माहोलले गर्दा बिरामी आत्तिएर अस्पताल आएको पनि हुनसक्छ त्यस्ता बिरामीहरुलाई होल्डिङ्ग सेन्टरमा राखी काउन्सिलिङको माध्यमबाट घर पठाउन सकिने ।)
– अस्पताल हाताभित्रको टेन्टमा होल्डिङ्गमा भनी बसेका बिरामीहरुलाई समेत डाक्टरसहितको टिमबाट समय समयमा बिरामीको अवस्था बुझि रहनुपर्ने, सो भएमा बिरामीको मनोवल बढन मद्दत पुग्ने हुनसक्छ । (कारण : आएको ३/४ घण्टा भयो डाक्टर नै आउनुहुन्न, बोलाउँदा समेत भन्ने गुनासो गरेको देखियो । त्यसरी टेन्टमा बसेका बिरामी पनि अस्पताल परिसरभित्र रहेकोले निजहरुलाई अक्सिजनको ब्यवस्था गरिनुपर्ने । कुनै बिरामीले आफै ब्यवस्था गरेको त कसैले गर्न नसकेको हुदाँ बिरामीको मनोबल घटन सक्ने कुरालाई समेत ध्यान दिनुपर्ने । अस्पताल ल्याइसकेको बिरामी बचाउन सकिन्छ होला भन्ने कुराको विश्वासलाई ब्यवहारमा उतार गर्न सकिएमा अस्पताल प्रतिको विश्वास अझै बढ्नसक्ने ।)
वार्डमा भर्ना भएका बिरामीका सम्बन्धमा :
– भर्ना भएका बिरामीको कुरुवा वा आफन्तमध्ये कति जना बस्न पाउनु पर्ने हो निर्धारण गरी पास प्रणाली लागू गरिनु पर्ने । यस्तो गरेको खण्डमा भीँडभाड नियन्त्रण हुने, कन्ट्याक्ट ट्रेसिङसमेत आवश्यकता नपर्ने, बिरामीलाई केहि भइहालेमा बिरामीका कुरुवा आवेगमा आउने र हातपातसमेत हुनसक्ने अवस्थालाई ब्यवस्थापन गर्न सकिने । (कारणः एक जना बिरामीको तीन जनासमेत कुरुवा भएको देखिएकोले भीँडभाड बढी देखिने, बिरामीको वेडमा बिरामीसँगै कुरुवासमेत पल्टिएको/सुतेको देखियो ।)
– सामान्य बिरामीलाई प्रयोग हुने औषधी अस्पताल प्रशासनले आफै ब्यवस्थापन गरेको खण्डमा अस्पताल भित्रको मुभमेन्टलाई घटाउन सकिने ।
– जटिल बिरामी र सामान्य बिरामी समेत एकै स्थानमा हुँदा बिरामीको मनोवल बढ्नुको सट्टा घट्न गई सामान्य अवस्थाको बिरामीसमेत आत्तिने के गरौं ? कसो गरौं ? म पनि सकिन्छु कि भन्ने कुरा मनमा खेलिरहने र बिरामी सिकिस्त हुनुको साथै डिप्रेसनको शिकार पनि हुनसक्ने देखिँदा जटिल केशका बिरामीहरुलाई र सामान्य केशका बिरामीहरुलाई सम्भव भएसम्म फरक फरक स्थानमा राखिनुपर्ने ।
– बिरामीको आफन्त/कुरुवासँग दैनिक बिरामीको बारेमा जानकारी दिने, कुरुवाको बारेमा समेत जानकारी लिने आदि कार्यको लागि छुट्टै काउन्सिलिङ टिमको ब्यवस्थापन गरी निजहरुको मनोबल उच्च बनाउन प्रेरित गर्नुपर्ने । (सकेसम्म एउटा छुट्टै रुममा सामूहिक रुपमा राखेर गर्दा समयको बचत तथा प्रभावकारी सिकाइ हुने) ।
– अन्य रोगहरुको औषधी सेवन गरिरहेका बिरामीहरु समेत कोरोना पोजिटिभ भएर अस्पतालमा भर्ना भएको हुँदा सो विषयको जानकारी लिइ सम्बन्धित विशेषज्ञ डाक्टरहरुले समेत दैनिक जसो राउण्ड गरी बिरामीको अवस्था बुझी रहनुपर्ने । यसो गर्दा बिरामीको मृत्युदर कम हुनसक्छ । (कारणः बिरामीले मेरो बिरामीको यस्तो रोग थियो । औषधीसमेत सेवन गरिरहनु भएको थियो वा गर्भवती हुनुहुन्छ भन्दा समेत सोसँग सम्बन्धित डाक्टरहरु २/३ दिन भयो आउनु भएको छैन भन्ने गरेको गुनासो सुनिएको)
– एक जना डाक्टरले लेखेर चलाएको औषधीलाई आर्काे डाक्टरले राउण्ड लिँदा परिवर्तन गर्नुपर्ने भए बिरामीको अगाडि पहिलेको डा.ले दिएको औषधी केहि होइन यो राम्रो हो अब मैले लेखेको औषधीले ठिक हुन्छ भन्नुभन्दा पनि परिवर्तन गर्नु पूर्व वा गरिसके पश्चातः (समय मिलाएर सके आफैले वा नर्सिङ स्टाफमार्फत) जानकारी दिनुपर्ने । (असरः डाक्टर डाक्टरबीचको इगोले बिरामीलाई नकारात्मक असर पर्ने र बिरामीले कति औषधी खाने जुन खाए पनि निको हुँदैन भन्ने बुझ्न जाँदा बिरामीको मनोबल घट्नसक्छ ।)
– डाक्टरसहितको टोलीले पहिले जसरी समय दिएर वार्डमा राउण्ड लिनुपर्ने । बिरामी कुरुवासमेत कोरोना पोजिटिभ (लक्षण नदेखिएको वा सामान्य लक्षण देखिएको ) हुने हुँदा निजहरुले समेत राखेको/सोधेको प्रश्नको उत्तर नझर्किन दिनुपर्ने । कतै तपाईको अमूल्य सुझावले भोलि उक्त बिरामी त्यहीबाट निको भइ वेड अभावका समयमा वेड आवश्यक नपर्ने हुनसक्छ भन्ने कुराको हेक्का राखी उत्तर दिनु पर्ने ।
– बिरामी सन्चो भैसक्दा समेत भोलि फेरी गाह्रो भएमा वेड पाउन गाह्रो छ वेड मिलकै छ भनेर डिस्चार्ज गर्दा हुने बिरामी समेत थप २/४ दिन वस्ने गरेको, बिरामीको कुरुवाले समेत घरमा अरुलाई समेत गाह्रो हुनसक्छ अझै राख्ने हो भन्ने गरेको सुनियो । त्यस्ता सन्चो भइसकेको ब्यक्तिलाई तत्काल हलानो फलानोको ब्यक्ति हो नभनी अस्पताल प्रशासनले नियमानुसार डिस्चार्ज गर्नुपर्ने । ताकि टेन्ट/पालमा घामपानी, हावाहुरी आदि नभनी होल्डमा बसेका विरामीले स्थान/बेड पाइ गुणस्तरीय सेवासमेत लिनसक्ने थिए ।
– अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टर, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको प्रवाह नगरी रातदिन विरामीको सेवा दिइरहनु भएको छ । सबैको योगदान उत्तिकै छ । हामी सबैले अन्तर मनदेखि सम्मान गर्नैपर्छ । तर, केहि त्यस्ता ब्यक्तिले अस्पताल हामी २-४ जनाले धानेका छौ भनी टिकटक प्रेमी, सामाजिक सञ्जाल प्रेमी ब्यक्तिले खिचेको फोटो राखेर सिमित ब्यक्तिलाई सेलिब्रेटी बनाउन खोज्ने जस्ता कार्यहरुलाई तत्काल बन्द गरिनुपर्छ । अस्पताल प्रशासनले सूचना सम्प्रेषण गर्नका लागि आधिकारिक ब्यक्ति तोकिनु पर्छ ताकि सूचना प्रवाहमा एकरुपता कायम होस् । साथै आधिकारिक ब्यक्ति वा अधिकारीबाट अनुमति प्राप्त ब्यक्तिलाई मात्र फोटो, भिडियो खिच्न दिने गरी ब्यवस्था मिलाउनु पर्छ । (कारणः लिक्विड अक्सिजन प्लान्ट जडान कार्य सम्पन्न भैसकेको जस्तो गरी फोटो समेत राखी समाचार आउनु र त्यसमा बधाइको ओइरो लाग्नु, यता अस्पतालमा अक्सिजन नपाएर बिरामीको मृत्यु भैरहन सक्छ ।
र अन्त्यमा, मेरो विचारमा भेरी अस्पताल आजको दिनमा पूर्ण रुपमा कोभिड अस्पताल भएको देखियो । कहि कतै पनि बिरामी छन् भने कोभिड पोजिटिभका बिरामी भर्ना भएको देखियो । त्यसैले दैनिक अस्पतालका वार्ड तथा अन्य परिसर सेनिटाइज गर्नुपर्ने हुन्छ । भाषामा कहि कतै फरक परेको भए सुझावको अपेक्षा गर्दछु । [email protected]