विद्यालयमा साइबर कानुन पढाउन किशोरीहरुको माग

फत्तेपुर (बाँके) : बाँकेको राप्ती सोनारी गाउँपालिकाका किशोरीहरुले साइबर अपराधबाट बच्नको लागि इन्टरनेटको सही सदुपयोग गर्नुपर्ने बताएका छन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिका वडा न.३ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि प्रविधिको सुरक्षित प्रयोग साइबर कानुनबारे तालिमका क्रममा सो कुरा बताएका हुन् । नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङले कम्प्युटरका आधारभूत जानकारी साथै सामाजिक सन्जालबाट सुरक्षित रहने र साइबर कानुन, साइबर अपराधबारे प्रशिक्षण दिएका थिए । उनले सामाजिक सञ्जालको फाइदा र बेफाइदाबारे पनि जानकारी दिएका थिए । स्याक नेपालका सुपरभाइजर धनकुमारी थारुले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएकी थिइन् ।