कोरोनाको तेस्रो लहरको पूर्वतयारी गर्न रेडक्रसद्वारा नेपालगन्जलाई ४६ लाखको सामाग्री हस्तान्तरण
नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेले काभिड १९ को तेस्रो लहरको पूर्वतयारी तथा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकालाई ४६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको समन्वय तथा जर्मन दुतावासको आर्थिक सहयोगमा आइतबार बाल मन्दिरमा निमार्ण भइरहको आइसोलेसन सेन्टरका लागि नगर प्रमुख डा.धवलशम्शेर राणालाई रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झना र प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सयुक्त रुपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा अक्सिजन सिलिन्डर ५० थान, झुल एक हजार थान, सेनिटाइजर ५ सय एमएलका एक सय थान, माक्स ५ हजार थान, ग्लोव्स ५ हजार थान ,सरसफाई सामाग्री सेट ३६ थान, पीपीइ ५ सय थान लगाएत १५ प्रकारका छन् ।
हस्तान्तरण कार्यक्रममा नगर प्रमुख राणाले उपमहानगरपालिका तेस्रो भेरीयन्टको सामना गर्न तयारी अवस्थामा रहेको बताए । रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा बाल मन्दिर परिसरमा आयोजित कार्यक्रममा उप प्रमुख उमा थापा मगर, जिआइजेट प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।