प्रहरी र स्थानीयद्वारा १ बिघा जग्गाको गाँजा नष्ट

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ६ प्रसेनीमा १० हजार गाँजाका बोट नष्ट गरिएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीको पहलमा उक्त गाँजाका बोट नष्ट गरिएको हो । समुदाय (प्रहरी साझेदारी कार्यक्रम को भविष्य बचाउ अभियान अन्तरगत गाँजाका बोटहरु नष्ट गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
टीकापुर नगरपालिका वडा न ६ स्थित वीरबहादुर राईको करिब एक बिगाहा क्षेत्रफलमा आफै उम्रेको गाँजाका बोट नष्ट गर्ने कार्यमा स्थानीय समाजसेवी, सञ्चारकर्मी, वडाका जनप्रतिनिधि, महिलालगायतको सहभागिता रहेको प्रहरी चौकी सत्तीका इन्चार्ज प्रहरी नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय टीकापुरका मातहतका चौकी एरियामा गाँजा नष्ट अभियान थालिएको र गाँज जताततै पाईने जसले गर्दा युवा लागुऔषधको कुलतमा फस्ने पहिलो खुटकिलो रुपमा रहेकाले गाँजा नष्ट अभियान सञ्चालन गरेर सचेतना दिन खोजेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए ।