राप्ती नदीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु

रमेशकुमार यादव । बालापुर
बाँकेको डुडुवा गाउँपालिका–५ बालापुरका १५ वर्षका कमलेश चमारको राप्ती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
मृतकका दाजु जगतराम चमारका अनुसार सोमबार अपरान्ह ४ बजेतिर राप्ती नदीमा नुहाउने कर्ममा डुबेर मृत्यु भएको हो । उनको शव मंगलबार बिहान ८ बजेतिर राप्तीसोनरी गाउँपालिका– ७ को सतिघतमा भेटिएको थियो । उनले मंगलबार नै भेरी अस्पताल नेपालगन्जमा पोस्टमार्टम पनि गरिएको छ ।