भेरी अस्पतालको पीसीआर मेसिन खरिदमा भएको अनियमिताबारे अख्तियारको छानबिन जारी

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका लेखाअधिकृतसहित ४ कर्मचारी र कमिशन दिएको अभियोगमा ११ व्यवसायीसहित १५ जनाविरुद्ध गत वर्षको असोजमा विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले भेरीको प्रयोगशालामा पीसीआर मेसिन खरिदमा भएको अनियमितताका विषयमा पनि छानबिन सुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुुटवलको सम्पर्क कार्यालय नेपालगन्जले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनले भेरीको पीसीआर मेसिन खरिद प्रक्रियामा भएको अनियमिताबारे आयोगको केन्द्रीय कार्यालयले अनुसन्धान अघि बढाएको जानकारी दिएका हुन् ।
सूचना अधिकारी टण्डनले भने, ‘हामीले अनुसन्धान गरेर थप अनुसन्धानका लागि केन्द्रमा पठाएका छौं । प्राविधिक विषयबारे विज्ञको राय लिनुपर्ने भयो । अनुसन्धान गर्ने जनशक्तिको अभावमा केन्द्रबाट नै थप अनुसन्धान हुनेछ ।’