अख्तियारमा लुम्बिनी प्रदेशका कूल मुद्दाको ४४ प्रतिशत बाँकेका

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीमध्ये बाँकेमा सर्वाधिक मुद्दा छन् ।
कार्यालयले बुधबार नेपालगन्जमा आयोजना गरेको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रगति सार्वजनिक तथा सञ्चारकर्मी भेटघाट कार्यक्रममा प्रमुख कृष्णकुमार निरौलाले दिएको जानकारी अनुसार अख्तियारमा परेका सात सय ७६ वटा उजुरीमध्ये बाँकेका मात्र तीन सय ४४ वटा छन् । जुन कूल मुुद्दाको ४४.३२ प्रतिशत हो । जसमध्ये दुई सय २४ फछ्यौट भएका छन् भने एक सय २० वटा उजुरी बाँकी छन् । ४ जिल्ला कार्यक्षेत्र रहेको सम्पर्क कार्यालय नेपालगन्जले दांगका एक सय ५१, बर्दियाका एक सय २४ र रोल्पाका ४ वटा मुद्दा रहेका छन् । चार जिल्लाका ५ सय ३ मुद्दा फछ्यौट भएका र दुई सय ७३ मुद्दा फछ्यौट हुन बाँकी रहेका छन् ।
बाँकेका आठ वटा स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाको सबैभन्दा धेरै उजुरी अख्तियारमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा कोहलपुरका परेका उजुरीमध्ये १६ वटा उजुरी फर्छयौट हुन बाँकी रहेको छ । फर्छयौट हुन बाँकी रहेको दोस्रोमा राप्तीसोनारी गाउँपालिका ११, तेस्रोमा नेपालगन्ज उपमहानगरपालिका १० वटा छन् । खजुरा र जानकी गाउँपालिकाका ७/७ वटा, डुडुवाको ५, बैजनाथको ३ र नरैनापुरको २ वटा उजुरी फर्छयौट हुन बाँकी रहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ ।