वेस्टर्न मलको मेलान्ज शोरुमको नायिका वर्षा रावतद्वारा उद्घाटन

नेपालगन्ज : मेलान्ज मल्टि ब्राण्ड फेसन शोरुमको नेपालगन्जमा छैटौं शाखाको नायिका वर्षा रावतले उद्घाटन गरेकी छन् ।
नेपालगन्जको सुर्खेतरोडस्थित वेस्टर्न मलको तल्लो तलामा उत्तरपट्टि रहेको मेलान्जको शनिबार नायिका रावतसँगै अभिनेता निर्मल शर्मा ‘गैंडा’ले शुभारम्भ गरेका हुन् ।

मेलान्जमा महिला, पुरुष र बालबालिकाका विभिन्न कम्पनीका ब्राण्डेट रेडिमेट कपडाहरु राखिएको सञ्चालक बम रावलले बताए । मेलान्जको काठमाडौंमा ३ वटा, धनगढी, नेपालगन्ज र इटहरीमा एक एक वटा गरी आधा दर्जन शाखा यसअघि खुलिसकेका छन् ।

वेस्टर्न बिजनेस ग्रुपले ५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको ५ तले वेस्टर्न मलमा विभिन्न ब्राण्डका शोरुम, मनोरञ्जनका साधन, इन्डोर गेमिङ जोन, अन्तर्राष्ट्रिय स्तरको सेलुन, सौना तथा स्पा, फुड कोर्ट गरी साना र ठूला गरी ६० वटाभन्दा बढी आउटलेटहरु सञ्चालनको अन्तिम तयारी गरेको वेस्टर्न बिजनेस ग्रुपका अध्यक्ष सञ्जय थापा बताउँछन् ।