सामुदायिक वनमा काठ चिर्ने २ जना रंगेहात पक्राउ

मानबहादुर ठकुल्ला । चिसापानी

कैलालीको महुन्यालबाट जंगलमा काठ चिरान गरिरहेको अवस्थामा प्रहरीले २ जनालाई रंगेहात पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुगरखालका प्रमुख प्रहरी नायव निरीक्षक राजेन्द्र कुमालका अनुसार महुन्याल गाउँपालिका–७ को संगम सामुदायिक वन उपभोक्ता समूहभित्र काठ चिर्दै गरेको अवस्थामा इलाम फाल्गुनानन्द गाउँपालिका– ७ का २४ वर्षका अर्जुन लिम्बु र विष्णु लिम्बुलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट ५६ थान कडी र ७ फिटे पटरा ३६ थान र काठ चिर्न प्रयोग गरिने मेसिन बरामद गरेको छ । पक्राउ परेका लिम्बुलाई आवश्यक कारबाहीका लागि प्रहरीले संगम सामुदायिक वनका अध्यक्ष डन्डीप्रसाद भण्डारीको जिम्मा लगाइएको छ ।