ज्यान मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

नेपालगन्ज : १२ वर्षमा खोलो फर्कन्छ भन्ने उखान झैं ज्यान मुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरी १४ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज–२२ का ५५ वर्षीय मोहम्मद हाफिज खाँलाई बुधबार पक्राय गरिएको हो । जिल्ला अदालत बाँकेले २२ असार २०६६ मा खाँलाई कर्तव्य ज्यान मुद्दामा १८ वर्षको कैद सजायको फैसला गरेको थियो । हत्या अभियोगपछि उनी फरार थिए ।